गीत

आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्न गाँजा, भाङ, धतुरो
खान्न म त गाँजा, भाङ, धतुरो ।

मित्र थोरै जिन्दगीमा सत्रु कति कति
उकालीमा अघि बढ्छु खुट्टा तान्छन् पछि
ओरालीमा लागे जीवन धकेली लडाउँछन्
भाँड्नलाई घरबार तीलको (पहाडै बनाउँछन् ।)२
आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्न गाँजा, भाङ, धतुरो
खान्न म त गाँजा, भाङ, धतुरो ।

लडे पनि सयचोटि उठी अघि बढ्छु
हरेस खान्नँ लड्दै पढ्दै सगरमाथै चढ्छु
चुरोट, खैनी, बिँडी, सुर्ति खाने छैन बानी
जाँड रौसीभन्दा मीठो (सिमधाराको पानी।)२
आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्न गाँजा, भाङ, धतुरो
खान्न म त गाँजा, भाङ, धतुरो ।

लोभलाचल, रिस, राग पाल्या छैन केही
तनाव र चिन्ता बोके चिता बन्छ त्यही
आफ्नो भलो चिताउँछन् मेरो मात्र भन्छन्
दिनदुःखी देख्दैनन् कोहि (धनीलाई नै गन्छन् ।)२
आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्नँ गाँजा, भाङ, धतुरो
खान्नँ म त गाँजा, भाङ, धतुरो ।

दुःख दिन्नँ दुनियाँलाई हसाउँछु सबैलाई
पिर ब्यथा दुःख–कष्ट बरु परोस् मैलाई
सेवा नै हो परम धर्म सन्तुष्टि हो मेवा
फलको आशा छैन मलाई (सबको गर्छु सेवा ।)२
आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्नँ गाँजा, भाङ, धतुरो
खान्नँ म त गाँजा, भाङ, धतुरो ।

कठिनाइ आइपरे देउरालीलाई भाक्छु
स्वर्ग–नर्क, पाप–धर्म, सब ख्याल राख्छु
आमा तिम्ले देखाएको सत्मार्गमा हिँड्छु
झुटो केही बोल्दिनँ सधैँ (सत्य–वचन बोल्छु ।)२
आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्नँ गाँजा, भाङ, धतुरो
खान्नँ म त गाँजा, भाङ, धतुरो ।

समाजको उदाहरण ऐना जस्तो बन्छु
आफू हिँड्ने गोरटोलाई आफैँले नै खन्छु
शिक्षित समाज बनाईकन सभ्य नागरिक
शान्ति रहोस् देशमा सधैँ (बनौँ आनन्दित ।)२
आमा तिम्रो,
आमा तिम्रो ज्ञानी म छोरो
खाँदै खान्नँ गाँजा, भाङ, धतुरो
खान्नँ म त गाँजा, भाङ, धतुरो ।