म किन होइन ?

सानै थिएँ म, आकाश थियो सपना
पखेटा थिए मेरा कापीका पाना
घाम भुल्लिना साथ हराउँथे अक्षरका संसार
रातका तारा टल्किनासाथ उज्यालो बल्थ्यो किताबको छायामा
दिन बिते, रात साटेँ, सकियो विद्यालय
लिएँ प्रमाणपत्र आशा बोकी सय
“छोरी ठाक्टर बन्छे” भन्नुहुन्थ्यो आमै
असल काम गरी भन्थेँ कमाउने छु नामै
एकदिन आयो क्षात्रवृत्तिको फारम ढल्किँदै
शिक्षाको ढोका खोल्ने साँचो जस्तै
भरेँ मैले मनभरिको मिहेनत तर सबै च्यात्तियो
जब बुबाले “चिनजानबिता संसार चल्दैन” भन्नुभयो
बेकार रहेछन, मेरा सब मिहेनत र तयारी
कसैको एक दुई नोटको अगाडि
मेरो ज्ञान कम पो रहेछ
निज्ञजानको सूचीबाट तल मेरो नाम झरेछ
आमा बिरामी पदी आतिँदै लग्योँ सरकारी अस्पताल
त्यहाँ नर्सले पारिन, अर्को पैसाको जाल
आमाको पीडा हेर्दै बुबा नोट थम्याउँथे
अन्यायलाई स्वीकार्दै म चुपचाप हेरिरहन्थेँ
दौडमा पछि पर्नेका लागि हो नियम भन्ने सिकेँ
सत्य भन्दा सिफारिस चल्ने संसारमा म हुर्केँ
अनेक विचारका खेलहरू खेले मनमा
सोचें” सबैले गर्छन, के बिग्रिन्छ र रमाइलोमा ?”
कसले सोच्यो ? मैले पनि नियम तोड्न सिकेँ
अदालतको होइन, चलाखीको साहारामा टिकेँ
आमाले भनिन्,” इमान नछोड है छोरी”
“हस” भनेँ, तर चुट्टिसकेको थियो त्यो सत्यको डोरी
देखेँ मैले एकदिन सडकछेउ बसेकी एक नानी
लिए च्यातिएको फारम, केबल हार मानी
ऊ भन्थी, मिहेनत गरेँ, तर म चिनजानकी हैन
रकम नभई अब केही आशा छैन ।
टुलुटुलु हेरिराखेँ
“किन म होइन ?” मेरा मनका कुनाकुनामा गुञ्जिए
मैले मेरो बाल्यकालतिर यसो चियाउँदा मात्र बुझेँ
कि त्यो सानी नानी म नै थिएँ ।
जानेँ मैले त्यस दिन भ्रष्टचार होइन पैसाको मात्र कुरा
हो यो सपनाको विनाश, न्यायमाथि गरिएको पाप पुरा
जानेँ मैले परिवर्तन सुरु हुन्छ जब
त्थो एउटी सानी भन्छे हुँदैन यसरी अब ।

लेखकको सम्वन्धमा