वाचा

हिँड्छु म सधैँ विजयको बाटोमा,
धर्म, कर्म र करुणाको साथमा
दुई वर्षको यो कथा,
सङ्घर्ष र गल्तीका सिकाइले गढेको कथा ।
गरेरै सिकेँ, पाइला पाइलामा ज्ञान जोड्दै,
आत्मबल बढाउँदै, विश्वासलाई दृढ पार्दै
हरेक पल सम्झिन्छु आमा र बाबाको आशीर्वाद
अनि पलाउँछन् जिजीविषाका हाँगाहरू ।
मेरो विश्वास नै बनेको छ मेरो शक्ति,
आशीर्वादमा कोरिएका छन् भविष्यको रेखा
उदाउँदा दिनहरू झलमल हुने छन् निश्चित,
किनकि
ज्ञान र धर्मको बाटोमा मुस्कुराउँदै हिँडेका छन् मेरा पाइलाहरू
तपाईंलाई धन्यवाद, आमा !
सङ्घर्षकको मैदानमा एक्लै छोडिदिएर
मलाई बलियो बनाउनुभएको छ ।
वाचा गर्छु,
तपाईंको छोराले सधैँ गर्व दिलाउने छ
मेरी आमाको आँखाले देखेको सपना
मेरा कर्मले पूरा गर्ने छन्
मेरी आमा ! प्यारी आमा !!

लेखकको सम्वन्धमा