सल्लाह साथीलाई

के खाने भनेर जान तिमीले छाेडेर मिठा कुरा
आफ्नो क्राेधलाई सलक्क निलिदेऊ मन शान्त पार पूरा ।
पिउने कुरामा जति चिया कफी जाे पिउँछौ त्याे छाेडिदेऊ
चिन्तन ईश्वरकाे पिएर रसिलाे मनमा त आनन्द लेऊ ।।
मार्ने इक्षा भयाे भने त मनमा यही कुरा बुझेर मारिलिनु
जे जे छन् मनका खराब कुरा जति झट्टै गरी मार्दिनु ।
जित्ने केही तिमीलाई मन छ त भने भन्छु म गाँठी कुराे
तृष्णालाई जितेर अगाडि बढ है संसारकै हौ सुराे ।।
लिन्छौ केही भने चिनेर दुनियाँ विचार राम्रो गरी
मार्ग सत्यप्रति त हिँड्नु तिमीले मन चाेखाे हाेस् हरघडी ।
दिने मन छ भने गरिब दुखीमा राखी निगाह त्यहाँ
देऊ दान छिट्टै भुली पनि जानू नराखनू है मनमहाँ ।।
छाेड्नै पर्ने कुरा म भन्छु तिमीलाई यति कुरा मानिलेऊ
पाप बुद्धि, अत्यचार, दुष्ट मती त झट्टै त्याे चैँ छाडिदेऊ ।
हेर्छौ केही भने संसारतिरकाे सबै कुरा छाेडिदेऊ
आफैँलाई त हेर फर्की पहिला के रैछ सब बुझ्ने छौ ।।
बाेल्नैपर्छ भने गमेर मनमा मिठा वचन बाेलनु
हित्तचित्त मिल्याे भनेर सहजै विश्वास त नखाेलनु ।
शास्त्रैकाे नीति हाे म भन्छु यति पाे बाँधिन्छ कानुनसरी
यस्तै नियम पालन गर्यो भने कतै हुँदैन है मनपरी ।।

प्रतिकृया दिनुहोस्