निशापछि

निशातको घर भो यो मन
वैराग्यको जड भो यो मन
शान्ति खोज्दै गयो जोवन
भिरैभिरमा फक्य्रो यौवन ।।

अँध्यारो यो मनको घरमा
उज्यालोको दीप छैन
अन्धकारलाई पछारेर
विजय गर्ने सिप छैन ।। 

छैन भेद दिन र रातमा
निशा निशा सधैँभरि
छैन बसमा आफ्नै आत्मा
आशा मर्छ सधैँभरि ।।

खोला भएँ पानीबिना
ज्वाला भएँ तापबिना
चिसो मनलाई डढाएर
जलिरहेँ रापबिना  ।।

जालान् सारा निशाहरू 
सूर्य फेरि फर्की आउला
उदासियो वनैभरि
चरी गीत फेरि गाउँला ।।

फुल्लान् फूलहरू पनि
निश्‍चल खोला बगिजाला 
मेरो मनको अँध्यारोलाई 
सँगसँगै लगिजाला ।।

हिउँको घरमा आगो बनी 
आउँछ ज्योति फेरि पनि
मुस्कुराउँछ अँखा मेरो 
मुस्कुराउँछौ तिमी पनि ।।