तीन मुक्तक

यो जिन्दगी के हुन्थ्यो होला बगर भैदिए
रङ्गीन सपना सजाउने एक सहर भैदिए
निस्पट अन्धकारमा पनि बाँच्न सकिन्थ्यो
हरेक दिन हरेक साँझ सुनौलो प्रहर भैदिए !!
हुन त यो बेइमानी सहर बसिनसक्नुको अवस्थामा छ
आउँछन् हजार समस्या सहिनसक्नुको अवस्थामा छ
यहाँ त जालझेल कत्ति हुन् कत्ति कसैले देखेको छैन
हँसाउने नि धेरै छन् तर हासिनसक्नुको अवस्थामा छ ॥
तिम्रै दिलको पुजारी, हुन कहाँ सकेँ र
मुहारभरि आँसु दाग, धुन कहाँ सकेँ र
हँसाउने रुवाउने, तिम्रो कामै सदाबहर
धेरै टाढा रह्यो जून, छुन कहाँ सकेँ र !!

लेखकको सम्वन्धमा