गजल

पछि गुलियो हुने आँप काँचै किन अम्चुर हुन्छ ?
यो बिदाई सधैँ यति विघ्न किन निष्ठुर हुन्छ ?
कुन पर्वतारोही शिखर चुम्न चाहन्न जीवनभर
चढेपछि शिखर ओर्लन किन मन्जुर हुन्छ ?
आखिर झुसिलकिरो नै हो पछि यार्चागुम्बा हुने
रात लामै होस् तर पनि दिन किन जरुर हुन्छ ?
कोही राम पुज्ने छन् कोही छन् रावण पनि पुज्ने
एकलाई सुर हुने फेरि अर्कालाई किन असुर हुन्छ ?
डुङ्गा तारिरहन्छन् बिचरा माझी दाइहरू यहाँ
तर्नेलाई कत्ति डर छैन तार्ने किन थुरथुर हुन्छ ?

लेखकको सम्वन्धमा