विलिन प्रेम

ख्याल ख्याल हैन
मैले चाहन्थेँ साँच्चै चाहान्थेँ
तिमीले मान या नमान
म मात्रै चाहन्थेँ
बिस्तारै चाहने बनाइसकेको थेँ
र त,
हाम्रो सम्बन्धको बिउ रोपियो
बिन्ती छ हैन नभन
एकअर्कालाई गरेको चोखो प्रेम कसरी बिर्सन सक्छु ?

तिम्रो बदनाम गर्दिनँ बिर्सेएर पनि
कैल्यै अघाउन्न सम्झिएर पनि
किन भयौ टाढा के गल्ती भो मेरो
बताउन पनि सकिनौ खोट मेरा
ब्यर्थै तिमी किन भयौ बिरानो ?
कसरी बिर्सूँ
त्यो पल जीवनको
राखेको छु जतन गरी
तिम्रो प्रेमको निसानी
आभूषण सुवर्ण सब जतन गरी
नाम तिम्रो लेखी राखेको छु लुकाएर यही मुटुमा।
बिर्सन सकिनँ याद आउँछ बाराम्बार
पाउने कसरी सम्झिन्छु
हतार हतार तिमीलाई
दिलमा सजाई राखेको थेँ प्रेमले
लेखेको थेँ नाम हृदयको खाली पानामा
नमेटीने भयो यो जीवनभरी
त्यही तिम्रो नाम
अन्तिम यात्रा जब होला जीन्दगीको
तब होला अन्त्य यो प्रेमको पनि
धरतीबाट निर्वाण होला सँगसँगै
प्रज्ज्वलित अग्नि चितामा
गएर भस्म ।