मौनता बोल्दछ

शब्दहरू चुप छन्
तर मन चिच्याइरहेको छ
मौनता मौन छैन
ऊ त बोलिरहेकाे छ।
कसैले नसुन्ने कुरा
कसैले नदेख्ने वेदना
सबै उसैमा अडिएका छन्
एक मौन स्वरमा गुँजिरहेका छन् ।
कहिले एक गहिरो सास
एउटा टोलाउने दृष्टि
एक थोपा आँसु
ती नै हुन् मौनताको भाका
म बोल्दिनँ किनकि थाकिसकेको छु ।
शब्दहरूले चोट थपे
मौनताले मलम लगायो
ऊ मेरो साथी बन्यो
जब संसारले टाढा बनायाे
ऊ मेरो आवाज बन्यो
जब सबै कुरा भित्र नै थुनियो ।
मौनता त खाम हो
भित्र सयौँ नबोलेका कथा
माथि शान्तिको टिकट
तर मनभित्रको हलचल ?
त्यो त आँधी हो, हुरी हो ।
जब कोही आँखा पढ्छ
मन बुझ्छ
त्यही दिन मौनता साँचिकै बोलेकाे हुन्छ ।
लेखकको सम्वन्धमा