चारकुरा

वेद चार छन् यहाँ यज्ञमा पूजिने सदा
साम, ऋग्वेद, यजुर्वेद अथर्व भए बुझदा
वर्ण पनि त चारै नै विभाजन भएको र’छ
व्राह्मण, क्षत्री, वैश्य, शुद्र सबै आफ्नो धर्म रक्षक।।
युग पनि रहेछन् चार सृष्टिदेखि सरासर
सत्य, त्रेता, द्वापर, कली चल्दै छ अहिले भर्खर
समय चारकाे पनि यस्तो रै’छ कुरा यहाँ
बिहान, दिउँसो, साँझ, चौथो प्रहर भयो रात्रिमा।।
सुनेका नाम चार हुन् अप्सराहरूकाे पनि
उर्वशी, मेनका, रम्भा, तिलोत्तमा भइन् अनि
मान्नुपर्ने गुरु चार बुझियाे अहिले यहाँ
माता, पिता र शिक्षक हुन् मन्त्र दिने गरु जहाँ।।
प्राणी चार जलचर, थलचर, नभयचर, उभयचर
बुझेकाे जानेको यस्तै भन्छु म सरासर
आश्रमहरू चार यस्तै ब्रह्मचारी, गृह, वामनप्रस्थ
सन्यासी चार आश्रम बुझेको याे त प्रस्ट छ।।
जीवहरु अण्डज, पिण्डज, स्वदेज, उद्भज परे
यी चारवटाले नै अहिले सृष्टि चल्छ विचार गरे
अरू पनि धेरै हाेलान् चारले धानेका कुरा
ज्ञानकाे कमी छ ममा सबै भन्न कहाँ सक्छुर !
लेखकको सम्वन्धमा