पुकार

ए
बाबा
कता पो
गयौ छोडी
माया नै मारी
आमा र मलाई
फर्की कहिले
आउने हो
ए बाबा
आऊ
ल ?
लौ
सत्र
वर्ष पो
भएछ नि
छोडेर घर
हराएको तिमी
माया लागेन
किन बाबा
आमा र
मेरो
हँ ?
बा
बाबा
आवाज
सुनिँदैन
तिम्रो ओठको
खोइ बुझेन मन
कठै आमाको
नसताऊ
भो धेरै
अब
ल ।
बा
किन
पोलेन
तिमीलाई
कठै आमाको
नुनिलो आँसुले
गयौ किन हो
जिउँदैमा
टुहुरो
पारी
हँ ?
कि
नयाँ
मकान
बनायौे कि
उतै पो मन
बसायौ कि कसो
अँगालाभरि
पत्नी थिन्
जवान
पनि
हँ ?
ती
बृद्ध
भएका
बा र आमा
कुर्दै पिंढीमा
कुरिरहेछन्
निभ्नलागेको
धिपधिपे
दियालो
जस्तै
च्व !
न
मन
छ पढ्ने
न छ केही
गर्ने जाँगर
मात्रै छु यादमा
बाबा सधैं तिम्रो
आउँदैन हो
हाम्रो याद
र माया
छैन
हो ?
न
बाँच्नु
न मर्नु
दोधारमा
पार्यौ नि किन
हामीलाई बाबा
श्राद्ध गरौँ कि
श्रद्धा गरौँ
के गरौँ
बाबा
हँ ?
लेखकको सम्वन्धमा