May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार

के गर्दै छु म ?

आखिर के गर्दै छु म ? आफैँलाई सोध्छु
जीवन‌का बाटोमा कतै अल्झिन्छु कि म
बिहानीको घमझैँ सपना लिएर
दिनभरि दौडिन्छु, थाकेर घर फर्किन्छु कि म

के गर्दै छु म ? समयले सोध्छ 
फूलझैँ फक्रँदै कि ओइलाउँदै छु म
जीन्दगीको यो मेलामा हराउँदै
आफ्नै छायासँग लुक्दै बस्दै छु कि म

के गर्दै छु म ? कसैले सोध्ला
लक्ष्यलाई समाउँदै कि गुमाउँदै छु म
आफ्नै प्रयासमा बलियो बन्दै छु कि
अरूका सपनामा हराउँदै छु म

भविष्यमा दुःख नहोस् भनी
आज केही गर्दैछु म
हिजोको गल्ती नदोहोर्‍याउन
आज आफैँलाई बदलँदै छु म

यात्रा जारी छ, खोजी बाँकी छ
आशाको किरणमा उज्यालो बाँकी छ
अँध्यारो रातपछि आउने बिहानीझैँ
आफैँलाई भेट्‌ने दिनको पर्खइमा छु म ।