January 18, 2026, Sunday
२०८२ माघ ५, सोमबार

उपदेश

केही गर्छु भनी अघि बढ तिमी सफल सधैँ हुने छौ
हार नखाई निरन्तर लागि रहनू चन्द्रमालाई छुने छौ

लक्ष्य बोकी अघि बढ तिमी सफलतालाई चुम्ने  छौ
अवसरहरू मिल्दै जाने छ तिमीलाई संसार नै घुम्ने छौ

मानव भएर जन्मिएपछि अरूको भर पर्नु हुन्न है
नाम कमाई अमर बन्नुपर्छ तिमी त्यसै मर्नु हुन्न है

पछि हट्नु राम्रो हैन तिमीले अघि अघि बढ्नुपर्दछ
ज्ञान सिक्न बोझ नमानी तिमीले सधैँ पढ्नु पर्दछ

ठुलालाई आदर गर्नु तिमीले सानालाई गर्नु है माया
बाँचुन्जेल असल बन्नु तिमी जीन्दगी हो घामछाया

अल्छी कहिल्यै नगर्नु है जीवनमा हार खानुपर्दछ
घमन्डी स्वार्थी रिसाहा नबन्नू तिमी मार खानु पर्दछ

अनुशासन पालना गरिकन तिमी इमानदार बन्ने गर
आफ्नू स्वार्थ हेर्ने हैन तिमीले दुखीको दुख हर्ने गर

तिम्रो काम कर्तव्य के हो भनी तिमीले आफैँ नै जान्ने गर
मैले दिएको अर्ती उपदेशलाई मनन गरी सबैले मान्ने गर

अर्ती उपदेश मान्नेहरूको जीवनमा सधैँ हुने गर्छ भलाइ
तिम्रो उत्तर उत्तर प्रगति भएको हेर्ने चाहना छ मालाई ।