आमा

आमा शब्द अति प्यारो उच्चारणमै क्या शक्ति छ
न्यानो काख, स्तनपान सन्तानप्रति क्या भक्ति छ
दश-दश महिना पेटमा बोकी जन्म दिने आमा
ताते-ताते भनी हिँड्न सिकाई कर्म दिने आमा
क,ख ,१,२, एबिसिडी पढ्न लेख्न सिकाउने नि आमा
बुबु माम खुवाईकन लै-लै भन्दै सुताउने नि आमा
छोराछोरी आउने बाटो हेर्दै पर्खाइमा बस्ने आमा
छोराछोरीको पेट भरी आफ्नो चै भुँडी कस्ने आमा
सन्तानको उन्नति, प्रगतिमा खुसी भई रमाउने आमा
पिठिउँमा बोकेर वरपर डुलाउने अनि घुमाउने आमा
आपत् बिपत् दुःख पर्दा मुखमा आउने शब्द हो आमा
लालनपालन शिक्षा दीक्षा दिन पसिना बगाउने आमा
आमा साक्षत भगवान् नै हुन संसारमा सबैभन्दा ठुली
मातातीर्थमा मात्र हैन दैनिक पूजा गरौँ सबैले नभुली ।
लेखकको सम्वन्धमा