गजल

विद्यालय तिमीलाई नै पर्खिरा’छ नानू
पुस्तक पनि तिम्रै लागि खर्किरा’छ नानू
स्कुल आउ पुस्तक पढ तिम्रै लागि भन्या
तिम्रो कम्मर मोजमस्ती मै मर्किरा’छ नानू
मान्यजनले भन्या पनि मान्न छाड्यौ किन
संस्कार पनि तिमीबाट तर्किरा’छ नानू
खानमा ध्यान छैन जथाभावी खाइरहेछौ
शुद्ध आहार तिमीलाई सर्किरा’छ नानु
बा आमा दुख गर्छन आखिर तिम्रै लागि
तिम्रै कारण बाको छाती चर्किरा’छ नानू
ज्ञान अनि संस्कार सिक्ने मन नै छैन तिम्रो
नचाहिंदो मै तिम्रो दिमाख फर्किरा’छ नानू
सहयोगीले सहयोग गर्छ चुलाचुली आउ
बिमलबाट ज्ञानको वर्षा दर्किरा’छ नानू ।
लेखकको सम्वन्धमा