पहाड
हिमाल जस्तो अति चिसो
मधेस जस्तो गर्मी
पहाडमा हुन्न कैल्यै
हुन्छ ठन्डी ठन्डी ।
सललल नदी बग्ने
ढुङ्गा छिचोलेर
ढकमक पाखा हेर
फूलै फुलाएर ।
बारीभरि लटरम्म
सुन्तला र स्याउ
मिठा मिठा फलफूल
खान पाहाड आऊ ।
उकाली र ओरालीमा
हिँड्दा राम्रो हुन्छ
मलाई पनि पहाडमा
हिँड्न मन लाग्छ ।
लेखकको सम्वन्धमा