July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

दिलको कुरा हो …

दिलको कुरा हो यो कसरी सम्झाऊँ, कसरी बुझाऊँ
यो समयमा सम्झनाले सतायो भन कसो गरूँ
जिन्दगानीमा साथ केवल तिम्रो मात्र भयो
यो मुटुको ढुकढुकी तिमीलाई देखेपछि मात्र चल्यो

सत्य वाचा बन्धन सधैँ सत्य नै हुन्छ
विपनामा देखेपछि त्यही कुरा सपना बन्छ
किन होला यादले मनमा बास गरेको छ
भुल्न खोजेँ झन् झन् मनमा याद बनी आएको छ

जिन्दगी यो सधैँ खुसी हुनुपर्छ
सत्य वाचा बन्धन सधै सत्य नै हुन्छ

दिलको कुरा हो यो कसरी सम्झाऊँ, कसरी बुझाऊँ
यो समयमा सम्झनाले सतायो भन कसो गरूँ
जिन्दगानीमा साथ केवल तिम्रो मात्र भयो
यो मुटुको ढुकढुकी तिमीलाई देखेपछि मात्र चल्यो ।