January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

मेरा जीवनको लक्ष्य

मानिस जन्मदादेखि नै केही न केही सिप र कला लिएर जन्मेको हुन्छ । एउटा समय आउँछ तब हरेक मानिसले आफ्नो लक्ष्य बनाउनुपर्छ । भविष्यमा आफ्नो जीवन के कसरी कटाउनुपर्छ भनेर आआफ्नो क्षमताअनुसार सिप सिक्नु अति आवश्यक सम्झिने व्यक्ति नै पछि गएर ठुलो मान्छे बन्छ ।

लक्ष्यबिना जीवन अन्धकार हुन्छ । जस्तो कि हावाबिनाको बेलुन । त्यसैले हामीले कुनै न कुनै लक्ष्य बनाउनुपर्छ । आफ्नो लक्ष्य बनाएको मानिस नै अनुशासित र सफल हुन्छ । मेहनती मानिसहरू जस्तोसुकै कठिनाइ र चुनौतीहरू सजिलैसँग कटाउन सक्छन् र लक्ष्य पूरा गर्न सक्छन् । मानिससँग लक्ष्य छैन भने मानिस कहिल्यै पनि सफल हुन सक्दैन । मैले पनि जीवनमा एउटा महत्त्वपूर्ण लक्ष्य राखेको छु । मेरा जीवनको लक्ष्य डाक्टर हुन्नु हो । डाक्टरलाई बिरामीको सेवा गर्ने पेसा भन्नुका साथै कमाइ राम्रो हुने काम भनेर पनि बुझिन्छ । हो मलाई थाहा छ डाक्टर हुन धेरै मेहनत र परिश्रम चाहिन्छ त्यसैले म हरेक कठिनाइ र परिश्रमको सामना गरी दिनरात खटेर मेहनत गर्ने छु र एक दिन ठुलो डाक्टर बनेर दुनियालाई सेवा गर्ने छु ।

म डाक्टर भएपछि दिनदुखी र गरिबलाई आर्थिक सहयोग गर्ने छु । बिरामी भएका गरिब दुःखीलाई निःशुल्क उपचार गरी सन्चो बनाउने छु र खुसी दिने छु ।  मैले यस्तो काम गरेँ भने मलाई हौसला मिल्ने छ र समाजमा असल छाप पर्ने छ । साथसाथै सन्तुष्टि र खुसी प्राप्त हुने छ । मेरा कामले यस देशका धेरैजसो बालबालिकालाई प्रेरणा प्राप्त हुनुका साथै हौसला पनि मिल्ने छ । म मेरो लक्ष्य पूरा गर्न कठोर परिश्रम गरिरहने छु ।

अन्त्यमा मजस्ता मेरा साथीहरूलाई पनि आआफ्नो राम्रो लक्ष्य बनाउनुपर्छ । त्यो लक्ष्य पूरा गर्न मेहनत गरिरहनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।