January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

म  गोल हुँ

घरी तल घरी माथि
घरी वर घरी पर
गोल भई उफ्रिरहन्छु
क्रिकेट भलिबल अनि
फुटबल र टेनिस खेलाडीको
टिमसँग सधैं उफ्रिरहने म
अहिले अन्धकारमा
मैदानबिच एक्लै हराइरहेछु
तर पनि मैले नआतीकन
मैदान छोडेको छैन 
म एक्लै दौडिरहन्छु
एक्लै उफ्रिरहन्छु
मैदानबाट छट्टु र
स्वार्थी खेलाडी हराइसके
सबै खेलका लागि
नयाँ असल र इमान्दार
खेलाडीको टिम खोजेर
कहिल्यै नफुट्ने असली
गोल बनेर मैदानमा
सधैं उफ्रिरहने दौडिरहने
म गोल हुँ ।