उठ
कुखुरा बास्यो बिहानै
निद्रा छोडी चाँडो उठ
घामको लाली हिमालमा
निशा भाग्यो चाँडो उठ ।
हेर सारा तारा झरे
सूर्य भन्छ जाग उठ
कोकिल बोली पार्छ दङ
आसा लिई अब उठ ।
अल्छी त्यागी ताजा बन
आँखा खोली जाग उठ
सुत्ने समय छैन अब
कर्म गर्न जाग उठ ।
पसिनाका दाना झार
श्रमको माया गर्न उठ
भोलिका हौ कर्णधार
देश बनाउन जाग उठ ।
सानैदेखि सिप सिक
स्वरोजगारी बनी उठ
इच्छा शक्ति ठुलो राख
उद्यम गर्न सधैँ उठ ।
मनको साक्षी आफैँ बनी
मनैदेखि जाग उठ
रूपान्तरण गार्न सारा
उदाहरण बनी उठ ।
लेखकको सम्वन्धमा