हारिसकेँ
![](https://jharanasanchar.com/wp-content/uploads/2024/12/Trilok-Yadav-1024x576.png)
के गरूँ ?
कति गरूँ?
म त हारिसकेँ
सब प्रयास गरेर नि हारिसकेँ
जति गर्दै छु त्यति हार्दै छु
जति हाँस्दै छु त्यति टुट्दै छु
के भन्नु नि मेरो ब्यथा !
सम्झाउँदा जहर लाग्ने
बोल्दा रिस उठ्ने
नबोल्दा स्वार्थी भन्ने, के गरूँ ?
जे गर्दा पनि आफैँ हार्ने
पानी दिँदा जहर लाग्ने
दुध दिँदा सर्पझैँ टोक्ने ।
अब त आश पनि छोडिसकेँ
मनदेखि त पूरै हारिसकेँ
गर्नलाई केही बाँकी त छैन जस्तै लाग्छ
तर उसका लागि धेरै गर्न नै बाँकी छ ।
आखिर जे गरे पनि हार त मेरै भयो
तर हारेर नि म खुसी भएँ
किनकि
मेरो हारमै उसको जित भयो
उसलाई त जिताएँ, आफू हारे पनि
उसलाई त बनाएँ, आफू टुटे पनि
लेखकको सम्वन्धमा