गरिबी
गरिबको दु:ख बुझ्ने यो संसारमा को होला ?
भोकले सताउँदा खानलाई नपाएर कति दिन बिते होला !
बिरामी भएर थला परेको छ
उसको कहानी बुझ्ने यो दुनियाँमा को छ ?
भोक र रोगले जिन्दगी सारा बितेछ
पैसा नहुँदाको पीडा उसलाई थाहा छ
उपचारको अभावमा काल कुरेर बसेको छ
कसैलाई कुनै प्रवाह छैन गरिबीले मर्दै छ
उपचार गर्न ऊसँग पैसा छैन
गरिबीमा हुर्केकाले यो दुनियाँमा उसको कोही छैन
आफ्नो पीडामा आफैँ छटपटाउँछ
गरिबीले होला अनेकौँ दु:ख भोग्छ
गरिबको दु:ख बुझ्ने यो संसारमा को होला ?
भोकले सताउँदा खानलाई नपाएर कति दिन बिते होला !
लेखकको सम्वन्धमा