February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

सामुदायिक विद्यालय अभिभावक सङ्‍घको छैटौं वार्षिक साधारण सभा

सामुदायिक विद्यालय अभिभावक सङ्‍घका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा र नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री डा .भीम रावलको प्रमुख आतिथ्यमा सञ्चालित सभालाई सङ्‍घका उपाध्यक्ष विद्यादेवी चित्रकारले स्वागत गर्नुभएको थियो । 

उक्त सभालाई महासचिव बद्री तिवारीले सञ्चालन तथा प्रमुख अतिथि रावलले उद्‌घाटन गर्नुभयो । यसै गरी उपस्थित सम्पूर्ण अतिथिहरूले दिपावलीलगायत आगामी चाडपर्वहरूको शुभकामना एवम् साधारण सभाको सफलताको शुभकामनासमेत दिनुभयो ।

असोज १२ गतेको बाढीमा बगिरहेका मानिसलाई उद्धार गरी बचाउने नेपाली हिरो चनिकलाल तामाङ, सङ्‍घका गतिविधिहरूलाई समाचारका रूपमा निरन्तर प्रकाशन गरी प्रचारप्रसार गर्ने झरना सञ्चारका प्रबन्ध सम्पादक वासुदेव अधिकारीलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरी महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरियो ।

प्रमुख अतिथिलगायत अधिकांश वक्ताहरूले सामुदायिक विद्यालयको उन्नति र विकासमा अभिभावकको प्रमुख भूमिका हुने र अभिभावकहरूलाई सचेत गराउँदै बालबालिकालाई गरिखाने संस्कारसहितको शिक्षाको अभावलाई पूरा गराउन सामुदायिक विद्यालय अभिभावक सङ्‍घले सम्बन्धित निकायलाई सल्लाह सुझावसमेत दिन सक्नुपर्ने कुरा औंल्याउनुभयो  ।

अन्त्यमा अध्यक्षद्वारा सम्पूर्ण सह‌भागीहरूलाई धन्यवाद दिँदै सभालाई समापन गरियो ।