तीन मुक्तक
एक
खुब याद गरेको हुन्छु बाडुल्की लागेन कि
हावा बनी मुटुमै छुन्छु बाडुल्की लागेन कि
तस्वीर हेर्छु तिमीलाई खोज्छु यत्रतत्र म,
दिनरात सम्झेर रुन्छु बाडुल्की लागेन कि ?
दुई
फुर्सद हुन्न होला त व्यस्त हुनेलाई
कसैको प्रवाह हुन्न परास्त हुनेलाई
मलाई कसले पो सम्झन्छ र अब,
के मतलब संसारमा मस्त हुनेलाई ।
तीन
तीनहर्ष र विस्मात सँगै पो छाउँदै छ
कोइली चरी पनि गीत गाउँदै छ
ऋतु बद्लिएसँगै बद्लियो समय,
दसैँ आउँदै छ तिहार आउँदैछ ।
लेखकको सम्वन्धमा