कस्तो  यो सहर !

कस्तो  यो सहर !
कहाँबाट आएँ, कहाँसम्म गएँ थाहै भएन
यहाँ न कोही आफ्नै भेटेँ न कोही पराई नै
प्रगति त धेरै नै गरेँ तर कोही खुसी हुने नै भेटिनँ
न कोही दुःखी हुने नै 

कसको छोरा कसको नाति
न कोही भयो सुन्ने, न कोही भयो सोध्‍ने
कस्तो यो सहर !

यहाँ लाखौं आफन्तको भिड भए पनि
न कसैसँग नाता भयो, न कसैसँग पहिचान भयो
आफन्तले नि वास्ता गरेनन् अनि मैले नि ।
कस्तो यो सहर ! 

लाग्दै छ गाउँ बद्लेको छ
सहर बद्लेको छ
पछि हेर्दा लाग्यो- म नै बद्लेको छु
कस्तो यो सहर !