September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

तिजको रङ्ग

आहा ! कस्तो राम्रो तिजको लहर
रातो साडी रातो चुरा मायालुको उपहार
नाच्दै अनि गाउँदै साथमा अनेक परिकार
आजको दिनमा छैन कसैलाई हतार ॥

गोपिनीझैँ नृत्य अनि शिवको भजन
त्यसै फुरुक्क छ आज साँच्चै यो मन
व्रत बस शिवजीको आशीर्वाद थाप
मुटुभरि साँचो माया प्रितमलाई साचौं ।

सपना अनि आशा सबै खुसीको मेचमा
साँचै मन उमङ्ग भयो यो रमाइलो भेटमा
मायाको बन्धनमा गाडा प्रेमको डोरी
तिजको गीतले मनमा छायो नयाँ जोशको झरी ॥

झुला झुल्दै खुसीका सपना बुन्दै
मनमा नयाँ उमङ्गका साथ अविस्मरणीय याद राख्दै
परदेशीको सम्झनामा आँसु झर्ने वेला
तर तिजको रमझमले हरायो सब पीडा ||

दर्शन गरौं महादेवको आशीर्वाद साँचौँ
यो तीजको पावन दिन सबैलाई शुभ होस् भन्ने चाहना राखौँ
हरियो चुरा रातो टीका सजाऔँ
तिजको रङ्गले हाम्रो जीवन रङ्गीन बनाऔं ।।