September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

सामुदायिक विद्यालय अभिभावक सङ्‌घ नेपालको कोसी प्रदेश कमिटी गठन

भदौ ११
सङ्‌घका केन्द्रीय अध्यक्ष रामप्रसाद नेउपानेको प्रमुख आतिथ्य र नेपाल सरकारका पूर्व शिक्षा अधिकृत नेत्रप्रसाद दाहालको अध्यक्षतामा कोसी प्रदेश स्तरीय जुम बैठक सम्पन्न भएको छ । उक्त बैठकले १८ सदस्यीय कोसी, प्रदेश समिति गठन गरेको छ । समितिका बाँकी सदस्य सङ्ख्या विधानबमोजिम सचिवालयको बैठकले मनोनित गर्ने छ ।

समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू

१. अध्यक्ष नेत्रप्रसाद दाहाल – ओखलढुङ्‌गा
२, सह अध्यक्ष- खडानन्द अधिकारी – इलाम
३. महिला उपाध्यक्ष सावित्री देवी घले गुरुङ – पाँचथर
४. उपाध्यक्ष – विकल गिरी – मोरङ
५. महिला सचिव – तिलरूपा दङ्‌गाल – झापा
६. सचिव – नरेन्द्र दाहाल – मोरङ
७. कोषाध्यक्ष – सुमन लुइँटेल – ओखलढुङ्‍गा
८. सह-कोषाध्यक्ष – चूडाराज कोइराला – सोलुखुम्बु
९. सदस्य – सरु अधिकारी- झापा
१०. सदस्य- वीरबहादुर बस्नेत – ओखलढुङ्गा
११.सदस्य- गोविन्द पौडेल- इलाम
१२. सदस्य- सुरेश राई – भोजपुर
१३. सदस्य-मोहन कुमार दाहाल – पाँचथर
१४.सदस्य- सुभद्रा वज्राचार्य – सङ्खुवासभा
१५.सदस्य- महेश्वर पोखरेल – सुनसरी
१६. सदस्य- युवराज पौडेल – ताप्लेजुङ
१७. सदस्य- गुणराज निरौला – सोलुखुम्बु,
१८ सदस्य- बलराम कोइराला खोटाङ

यसै भर्चुअल (zoom) बैठकद्वारा निम्न ७ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ : .
१. अध्यक्ष – नेत्रप्रसाद दाहाल
२. सह अध्यक्ष – खडानन्द अधिकारी
३. महिला उपाध्यक्ष – सवित्री देवी घले गुरुङ
४. उपाध्यक्ष – विकल गिरी
५. महिला सचिव – तिलरूपा दङ्गाल – झापा  
६.सचिव- नरेन्द्र दाहाल
७. कोषाध्यक्ष- सुमन लुइटेल

सर्वसम्मत नेतृत्व चयन भएको उक्त समितिलाई बैठकका अध्यक्ष नेउपानेले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयो भने नव गठित समितिका अध्यक्ष दाहालले सामुदायिक विद्यालय अभिभावक सङ्‌घ नेपालको विधानको परिधिमा र केन्द्रीय समितिको जारी निर्देशन र सल्लाह सुझावको पालना गर्दै सङ्‍गठनको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अन्त्यमा अध्यक्ष राम प्रसाद नेउपानेले सहभागी सम्पूर्ण महनुभावहरूलाई धन्यवाद दिँद बैठक समापन गर्नुभयो ।