नसोध भाइ
नसाेध खबर केही त्यताबाट भाइ
अलिक पिर पर्या छ यता बस्नेलाई
पानीमा डुबे काेही गाडी नै लडेर
काेही त डढे है हवाईजहाज झरेर ।
पैँसट्ठी तीन उन्नाइसमा एक
रक्षा नै गरेछन् ईश्वरले उदेक
यमराजले खाता जाँचेकै पाे होकि
घरबाट हिँड्दा साइत त्यस्तो थ्याे कि ।
पाेहिराेमा परी उता नि जाँदै छन्
पाँच जनाकाे पार्थिव बाेकी लाँदै छन्
बालबालिका बाेक्ने बिद्यालयकाे गाडी
आमा छाेरा बिते आँखाकै अगाडि ।
हरेक व्यक्ति पिच्छे फरक बुद्धि आउने
ज्याेतिषीले गरे काम नेताकाे तस्बिरै जलाउने
यस्तै छ है भाइ खबर ता यताकाे
कुर्सी तान्ने काम छ ती बुढा नेताकाे ।
बाढीपहिराेले लग्याे घर घडेरी
फेरि बालीनाली सुक्छ लागी खडेरी
बिपदैबिपद् छ यता बस्नेलाई
त्यता के कस्तो छ विदेश बस्ने भाइ ?
साउन तेइसमा पाँच जना उडेका
हेलिकप्टर खस्दा सबै नि डढेका
चार जना चिनियाँ पाउना मात्र खाली
क्याप्टेन चै रहेछन् हाम्रै ती गाेरखाली ।
लेखकको सम्वन्धमा