September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

गीत

खानलाई नपाएर भोको पेटमा बसेकाहरूलाई हेर
ठेलामा मकै बेच्‍ने गरेको गरिब किसानको कथा लेख्‍ने गर
गरिब छ एक टुक्रा रोटी नपाएर भोको छ
हेर्छु एक रोटी दिएर फोटाे खिच्‍नेको भिड छ ।

भोको पेटमा आन्दोलन गरेका किसानको बेग्लै कथा छ
उसको अनुहारले बोल्छ पेट भोको छ
भोको पेटले ऊ मर्छ के खाएर मर्यो भनेर प्रश्न गर्छ
आज यो गरिबीले धेरै सोच्‍न बाध्य बनाए छ ।

बच्चा भोकाएर रुँदै थियो पानी खुवाएर बल्लतल्ल सुताइन्
बच्चालाई खुवाउन केही नपाउँदा आमा रुन्छिन्
कतै सहकारीमा ठगी, कतै चर्को व्याज बाँच्‍ने कसरी 
यो गरिबीको कथा भनौँ बुझ्छौ कसरी ?

ऋणमाथि ऋण  बोकेर गरिब कसरी बाँच्‍न सक्छन्
यी शासकहरू खाली अधिकारका कुरा मात्र गर्छन् ।