समयको महत्त्व
समय भनेको बेला हो । समय निरन्तर चलिरहन्छ । बितेको, चलेको वा आउने गरी समयलाई तीन भागमा विभाजन गर्न सकिन्छ । बितेको समय सकिसकेको हुन्छ । आउने समय कस्तो हुन्छ अनुमान गर्न सकिँदैन ।
चलेको समय हाम्रो समय हो । आज र अहिले समयलाई हामीले राम्ररी उपयोग गरेमा हाम्रो उन्नति र प्रगति हुन्छ । समयको उपयोग नगर्ने मान्छेले दुःख पाउनुपर्ने हुन्छ। आफ्ना कामहरू ठिक समयमा गर्ने बानी हामीले बसाल्नुपर्छ । ठिक समयमा पढ्ने, खेल्ने, सुत्ने, उठ्ने र मनोरञ्जन लिने गर्नुपर्छ । हामीले सबै काम समयमै गर्नुपर्छ । अस्ति मेरो साथी हरिका काकालाई हृदयघात भएको थियो । उहाँलाई अस्पताल लग्न ढिलो भयो । त्यसैले अस्पताल लग्ने क्रममा नै उहाँको निधन भयो । यो उदाहरणले देखाउँछ कि यदि समयमा गर्नुपर्ने काम जसले बेलामा गर्दैन त्यसले पछि पछुतो मान्नुपर्ने हुन्छ । हामीलाई चाहिएको छ भनेर समयले पर्खेर बस्दैन । सबै महत्त्वपूर्ण काम सकेर अरू कामलाई छोटो समयमै सक्ने बानी राम्रो हुन्छ । जसरी विद्यार्थीले आफ्नो परीक्षा समयमै सक्नुपर्छ त्यसरी नै मानिसले समयलाई ठुलो महत्त्व दिएर बुझ्नुपर्छ । समयले मानिसलाई विभिन्न चरणमा पुर्याउँछ । एउटा बालक युवा हुन्छ र बुढो हुन पुग्छ । समयको आधारमा मान्छे चल्छ तर मान्छेका आधारमा समय चल्दैन । मानिसले सबै समयको उचित तरिकाले काम लिनुपर्छ ।
मङ्सिरमा रोपाइँ गरेर धान फल्दैन । मानिसले असारको बेला नै बुद्धि लगाएर रोपाइँ गर्न सिक्नुपर्छ । त्यसैले समयमै आफ्ना काम सक्नुपर्छ भनेर घडी र पात्रो बनेको छ । भनिन्छ बगेको खोला फर्किँदैन, समयले पर्खिँदैन त्यसैले जुन काम जुन समयमा आफ्ना अगाडि आउँछ, त्यो काम गरिहाल्नुपर्छ । तसर्थ समयको महत्त्वलाई बुझेर अगाडि बढेमा हामी जीवनमा सफलताको शिखर चुम्न सक्छौँ ।
लेखकको सम्वन्धमा