September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

ऊ, म र हाम्रो आत्मा

हिजो ऊ मर्दै मर्दिन भन्थ्यो म आजै पो हो कि ठान्दथेँ
सन्जोगले हामी मरेर जलाउने घाट पनि एउटै परेको छ
अनगिन्ती मलामीहरूको भिडमा फूलैफूलको हारले
सज्जित श्रीखण्डको चितामा उत्तानो परी ऊ लडेको छ
म पनि मरेकै हो, डाक्टरले पनि त मृत घोषित गरेकै हो
अझै पनि मेरो लास दाउरा र मलामीको जोहो नहुँदा सडेको छ
अझै पनि मेरो लास दाउरा र मलामीको जोहो नहुँदा सडेकोछ ॥

आगाको जलाइ एउटै, तर चित्कार भने भिन्न
शरीर सकियो र आत्माले अर्को आत्मालाई हेर्दै छ
जिउँदो हुँदा त भड्किरहने उस्को मन मस्तिष्क
मरेपछि पनि त सँगै लग्दै छ, सँगसंँगै बग्दै छ
म द्रव्य सरापी ऊ द्रव्य मोहित ‘पैसा पैसा’ भन्दै
फेरि आफनो नङले अनुहारभरि कोतर्दै छ
फेरि आफनो नङले अनुहारभरि कोतर्दै छ ॥

चिन्ताबाटै चितामा विजय प्राप्त ऊ
उसकैे आत्माको आदेश खानु परेकोछ
हे भगवान ! मलै त मरेपछि पनि सुख पाइनँ
आनन्द खोज्‍नै अर्कैे महाआत्मा लोक जानु परेको छ
हजुर मरेर पनि गरी खान सकिएन केही यस लोकमा
परिवार र दोस्तको माया बोकेर प्रेमलोकमा लैजानु परेको छ ॥
परिवार र दोस्तको माया बोकेर प्रेमलोकमा लैजानु परेकोछ ॥