December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

यो जिन्दगी

आमाबुबाका लागि यो जिन्दगी ममताको शिखर भयो
प्रेयसी र सन्तानका लागि विश्वास र भरोसाको महल भयो
आफन्त र मान्यजनका लागि संस्करको ऐना भयो
सबैका लागि यो जिन्दगी सुवास छर्ने फूल भयो ।

विद्यार्थीका लागि सिकाउने किताबको पाना भयो
उर्वरताको बिउ छर्ने उत्पादनको स्रोत भयो
धर्ती माता सजाउने शृङ्‍गारको साधन भयो
सबैका लागि यो जिन्दगि सुबास छर्ने फूल भयो ।

जोस जाँगरले सँधै नौलो शक्ति बनिरह्यो
कालो कोकिलको नाम गानामा धुन सँधै मर्दै गयो
विविधताको एकतामा माला उनी बस्दै रह्यो
सबैका लागि यो जिन्दगि सुवास छर्ने फूल भयो ।

झरनालाई यो जिन्दगी पहाडको टाकुरा भयो
उर्वरभूमि फाँटहरूमा पौरखको साथ रह्यो
आँधीबेहरी तुफान छेक्ने एउटा ठुलो पहाड भयो
सबैका लागि यो जिन्दगि सुवास छर्ने फूल भयो ।

कसैलाई यो जिन्दगी जोस भर्ने बल भयो
निराशामा थाक्नेलाई प्रेरणाको स्रोत भयो
धर्तीलाई यो जिन्दगी सृजनाको मूल भयो
सबैका लागि यो जिन्दगी सुवास छर्ने फूल भयो ।