July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

गजल

डिग्री लिएका छोराछोरी विदेश पसेका छन्
घाम डुबेका बा-आमा आश्रम बसेका छन् ।

जति सरकार फेरिए पनि नेता फेरिए नि
सोझा जनता सबै यहाँ जेल बसेका छन् ।

ठुलाबडा,पैसावाला, धनदौलत भाका जति
सुखसुबिधा खोज्‍न अर्को देश पसेका छन् । 

आफ्नै देशलाइ स्वर्ग बनाउछु भनिरहेका
हरेक युवा यहाँ बेरोजगार बसेका छन् ।

बर्सौँदेखि न्याय खोज्दै गरेका बाआमा
न्याय नपाएर यहाँ हरदिन रुँदै बसेका छन् ।

डिग्री लिएका छोराछोरी विदेश पसेका छन्
घाम डुबेका बाआमा आश्रम बसेका छन् ।