मेरो इन्डोनेसिया यात्र
म चार वर्षकी हुँदा हामी तीन हप्ताका लागि इन्डोनेसिया गएका थियौँ । म मेरा बुबा, आमा, दिदी, अङ्कल र आन्टीसँग इन्डोनेसिया गएकी थिएँ । हाम्रो भिसा पनि थियो ।
हामी घरबाट निस्किएर एयरपर्ट गयौँ । त्यहाँ पुगेको केही समयपछि एक जना मान्छेले हाम्रो सुटकेस प्लेनमा लगे । त्यसपछि हामी प्लेन चढ्यौँ । हामीले प्लेनको झ्यालबाट राम्रा राम्रा दृश्यहरू देख्यौँ ।
तीन घण्टापछि एयर होस्टेजले हामीलाई खाजा दिनुभयो । हामीले खाजा खाँदै टिभी हेर्यौँ । केही समयपछि हामी इन्डोनेसिया पुग्यौँ । “आहा ! कत्ति राम्रो ठाउँ !” मेरी आमाले खुसी हुँदै भन्नुभयो ।
हामी कुरा गर्दै अघि बढ्यौँ । केही समयपछि एउटा होटलमा पुग्यौँ । त्यहाँ खेल्ने राम्रो ठाउँ थियो । पौडी खेल्ने ठउँ पनि राम्रो थियो । त्यो देखेर हामी रमायौँ । रमाई रमाई हामीले खाना खायौँ ।
त्यहाँ एकदमै गर्मी थियो । गर्मी भए पनि हामी डुल्न गयौँ । गर्मीका कारण हामीले आइसक्रिम खायौँ । खाजाका लागि हामीले मम खायौँ । मिठा मिठा खानेकुरा खाँदै हामी धेरै ठाउँ घुम्यौँ । त्यस दिन घुमिसकेर हामी कोठा फर्कियौँ । “यो कोठा कस्तो राम्रो छ । यसको डिजाइन पनि एकदमै राम्रो छ ।” मेरी दिदीले भन्नुभयो ।
अर्को दिन म पौडी खेल्न गएँ । आइसक्रिम पनि खाएँ ।
तेस्रो दिन हामी समुद्रमा गएका थियौँ । त्यहाँ मलाई मज्जा लाग्यो ।
अर्को दिन हामी पसलमा गयौँ । त्यहाँ हामीले केही सामान किन्यौँ । मेरा बुबाले सुटकेस किन्नुभयो ।
अर्को दिन हामी मन्दिर गयौँ । त्यहाँ हामी अर्कै लुगा लगाएर मात्र जान पाउँदा रहेछौँ । त्यही भएर हामीले इन्डोनेसियाका लुगा लगायौँ । त्यस मन्दिरलाई त्यहाँका मानिसहरू चर्च भन्दारहेछन् ।
इन्डोनेसियामा घुम्दा हामीले धेरै फोटाहरू खिच्यौँ । अहिले पनि ती फोटा हेर्दा त्यहाँ घुमेको याद आउँछ ।
हमाीले इन्डोनेसिया रमाइलोसँग घुम्यौँ । नयाँ नयाँ ठाउँ घुम्यौँ । घुम्दाघुम्दै हामीले नेपाल फर्कने बेला भयो । हामी होटलबाट घर जान निस्कियौँ । आफ्नो सुटकेस बोकेर हामी एयरपोर्ट पुग्यौँ । प्लेनमा बस्यौँ । केही घण्टापछि हामी नेपाल आइपुग्यौँ ।
(यो लेखकले आफ्नो भ्रमणका मुख्य कुरा समेटी तयार पारेको प्रोजेक्ट ओर्क हो । यहाँ समेटिएका चित्रका चित्रकार पनि लेखक स्वयम् हुन् । प्रिय विद्यार्थी भाइबहिनी ! तपाईँहरू पनि आफ्ना अनुभव समेटी यस्तै लेख लेखेर हामीलाई पठाउनुहोस् । हामी तपाईँहरूका लेख पनि प्रकाशन गरिदिने छौँ ।)
लेखकको सम्वन्धमा