नेपाल

संस्कृतिले सजिएको यही हो हाम्रो देश
सबैको छ यहाँ आफ्नै जात, धर्म, भेष
सगरमाथा भार थामी बसेको यो देश
गौतमले अमर पारे आफ्नो उपदेश ।
नेपाली त संसारभरि साह्रै परिचित
शत्रुसँग पनि लाउँछन् पिरति र मित
हिमाल, पहाड तराई मिश्रित सुन्दर वातावरण
खोलानाला मिली बन्छ सुन्दर पर्यावरण ।
हिमाल पहाड तराईका मानिस मिल्ने यहाँ
हिन्दू मुस्लिम किराँतले हात थाम्ने यहाँ
संसारभर परिचय हाम्रो एकताको
विविधताबिच पनि फूल एकताको ।
संस्कृति र प्रकृतिमा बढ्नुहुन्न विकृति
जोगाऔँ है मेचीकाली संस्कृति र प्रकृति ।
लेखकको सम्वन्धमा