माया छरौँ
आज मैले यो के देखेँ
पशुमाथिको हत्या
मानिसको रजाइँ यहाँ
यस्तो भयो ममता ।
यो कुरा कसैले भने
पागल बनाउँछन् सबै
जिउँदा भए पनि यहाँ
माटोमै गल्छन् सबै ।
माटो के हो कसैले
चिन्न चाहेन यहाँ
माटो मानिस हो अनि
मानिस माटो बने यहाँ ।
माटोका जुम्रा मानिस
बनेका छन् यहाँ
बोटबिरुवा कपाल
नदी नशा जस्तै यहाँ ।
पानी बग्छ रगत बनी
आँधीको सास फेर्न
पृथ्वी बने धर्ती
यस्तो भयो हेर्न ।
अन्तत सबै
मर्ने नै हो माटोमा
त्यसले माया छरौँ
हिँसाको साटोमा ।
लेखकको सम्वन्धमा