जीवन जिउनु छ
मैले कसैलाई जित्नु छैन
न त हार्नु नै
समयको गतिसँगै
जीवन जिउनु छ ।
न त घमन्ड नै गर्नु छ
न त कसैप्रति ईर्ष्या छ
आफ्नै जोस र जाँगरमा
जीवन जिउनु छ ।
रहर त धेरै छ
न कसैको भरै छ
तर पनि परोपकारी बनी
जीवन जिउनु छ ।
अविश्वासी मनमा विश्वास राख्नुछ
निष्ठुरी ती हृदयहरूमा
मायाको दियो बालेर
जीवन जिउनु छ ।
गुणसहितको रूपमा
सिप गाँस्नु छ
आवाजभन्दा व्यवहार नाप्ने
जीवन जिउनु छ ।
आशा र भरोसाका अँध्याराहरूमा
सृजनाको माला गाँसेर
समृद्धि र सुखी पार्नलाई
जीवन जिउनु छ |
मानवहृदयमा विनम्रता भर्ने
सभ्यताको बिउ छर्नु छ
देशभक्त बनी सधैँ
जीवन जिउनु छ ।
लेखकको सम्वन्धमा