May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

गजल

मलाई माया गरिदेऊ न झगडा किन हुन्छ सुरु ?
यो ज्यान तिम्रै बनाऊ बरु भन म कति कुरूँ ? 

तिम्रै यादले किन सताउँछ दिनरात मलाई
भनिदेऊ सानु तिम्रो याद मैले कसो गरी पुरूँ ?

अरू सँगै खुसी देख्छु आजभोलि तिम्लाई
तिम्रै तस्बिर हेरी म कति रुनु सधैँ धुरु धुरु ? 

मलाई थोरै रिस थोरै लाज देखाऊ बरु हेरिदिन्छु
प्रेमका पाठ सिकाऊ मलाई बन न प्रेमको गुरु ।