परिचय बन्छ दामले
मानिसकाे परिचय बन्ने कामले नभई दामले
कि त रैछ चिनिने त धनी बाबुआमाका नामले
गरिबका छाेराछाेरी कति दुख्ख गरि पढ्दछन्
न साेर्स फाेर्स न छ पैसा कसरी अघि बढ्दछन् ?
बाबुकाे पावर छैन आमा गृहिणी मात्र हाे
चलाख बालक ज्यादै तर खेलौनाकाे पात्र भाे
भन्दछन् चलाख छ याे ता गर्दछ भाेलि देशमा केही
न ता पावर न छ पैसा जाने छ खेर तेत्तिकै ।।
नजान्ने भएर के भाे बाबु छ चिल्ला गाडीमा
तिक्ष्ण छ विचरा गरिब पर्दछ जानु खाडीमा
बुद्धि विद्या भए के भाे पैसा पावरका अघि ?
तिनै बिचरा बेचिन्छन् गर्छन् दलालले ठगी ।
आशा ठुलै बाेकी जान्छन् कमाउँछु गर्छु केही भनी
खाडीमा गएका काेही त फर्किन्छन् बाकसमा पनि
पत्नी छन् घरमा छाेराछाेरी छन् बाबु आमा नि यता
कसले सक्तछ बुझ्नलाई ती जहानहरूकाे व्यथा ?
साहुले भन्दछ ऋणको साँवा व्याज पूरा गर
मुर्छामा छिन् कठै आमा ! बाबु काम्दछन् थर्थर
दुधे बालक बाेकेकी बुहारीतिर हेर्दछन्
हेर्दै ती नातिनातिना आफू सास ठुलो फेर्दछन् ।
पुगेकी छैनन् तिस पनि कलिली बुहारी त नि
म पनि त भएँ बुढाे राेगी छ आमा चाहिँ पनि
पालनपोषण गरौँ केले शिक्षादीक्षा दिनु के गरी ?
हे दैव दुखीकाे कुलमा जन्म नदेऊ है हे हरि ।।
लेखकको सम्वन्धमा