February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५, मंगलवार

शान्तिको कविता कसरी…

शान्तिको कविता कसरी लेख्यौ सोध्दै छु
कहाँबाट शान्ति ल्याउने सबैलाई सोध्दै छु
भावना, विचार र मनमा शान्ति आउनुपर्छ
लेख्‍ने कार्यमा शान्ति हुनुपर्छ शान्तिको कविता लेख्नु छ

समय बदलिन्छ, गीत बदलिन्छ समय सँगै बोल्नुपर्छ
अप्ठ्यारो बाटोमा साथ कहाँ पाइन्छ
शान्तिको खोजीमा हावासँग हराएछु
शान्तिसँग जीविकोपार्जन गर्न सकिन्छ कि सोध्दै छु

यही ठाउँमा बाँच्‍ने सङ्‍कल्प लिँदै छु
माटोसँग गहिरो नाता गाँसेको छु
मनका इच्छाहरूले आकाशको उचाइसम्म पुगौँ भन्छ
बाँझो जमिनलाई उर्वर योग्य बनाउनु छ

के भयो कुन्नि एक्लै बस्‍न मन लाग्छ
एक पल पनि कसैको साथ पाउन गाह्रो छ
शान्तिको कविता कसरी लेख्यौ सोध्दै छु
कहाँबाट शान्ति ल्याउने सबैलाई सोध्दै छु ।