May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

म कहाँ सुरक्षित थिए ?

आमाकै गर्भभित्र मारिएकी थिएँ
झुटो संसार देख्‍नलाई फेरि जन्म लिएँ
बर्सौँपछि म बलात्कृत भएँ
यो संसारलाई अब म अलच्छिना भएँ
आज पनि म डरसँग डराएकी छु
विरक्त लाग्‍ने संसारमा हराएकी छु
मेरो सपना, भविष्य अँधेरिएको छ
सोह्र वर्षकी केटी जीवन बनाउन खोजीरहेकी छ
उमेरसँगै शरीरको मोल बढ्‌यो यसरी
मनका कुरा सबै म भनौँ कसरी ?
विद्यालय जाँदा पनि सुरक्षित छैन म
पालैपालो खेल्नलाई खेलौना त हैन म
पुरुष मास्टरको डरले भाग्यमा शिक्षा लेखिएन
न्याय माग्‍न जाँदाखेरी अन्याय देखिएन ।