May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

मेरो नजिक आऊ यही…

मेरो नजिक आऊ यही बाटो हिँड्नु छ
जहाँ गए पनि हाम्रो लक्ष्य एउटै छ
थाहा छैन मलाई किन प्रतीक्षा छ तिम्रो
किन यो मन आत्तिन्छ मेरो ?

 तिम्रो खबर नपाउँदा यो मन पिरोलिन्छ
किन यो मनमा मायाले सताउँछ
मेरो नजिक हुन्छौ तिमी नजिक भएर हिँड्नु छ

आँखा चिम्लेर हेर्दा मैले तिमीलाई देख्नु छ ।

मेरो मनमा तिम्रो विश्वास राखेको छु
भित्री मनले तिमीलाई चाहेको छु
बोल्न नसके पनि मनले चाहन्छु
मेरो आफ्नै आँखामा तिमीलाई देखेको छु । 

मनमा आशा पालेर बसेको छु
कल्पनाले ओगटेको ठाउँमा हिँडिरहेको छु
यो मनमा आएर तिमी बसेकी छ्यौ
थाहा छैन मलाई किन प्रतीक्षा छ तिम्रो ।