May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार

अम्मल त्यागौँ

जर्दाले सबथोक आउँछ भने
स्‍नेह किनी ल्याउनु
जर्दाले खुसी पाइन्छ भने
उद्यान के धाउनु ?

सुर्तीको धुवाँ उडाउँदा
गर्वले छाती फुल्दैन
बरु भित्रभित्रै गल्दछ
सुर्तीको छैन फाइदा कत्ति पनि
यो प्राणघातक हो
अमूल्य देहनासक हो
सेवन नगरौँ अब सुर्ती र खैनी
सुर्तीसँगै अनमोल जीवन नबनाऔँ खरानी
नफसौँ अब कुलतमा
नबनौँ समाजबाट तिरस्कृत
ख्याल ख्यालमै लत बस्‍न सक्छ
होसियर बनौँ
यसले समयभन्दा अघि नै
घाटमा लान सक्छ ।

उन्माद बढाउने कोकिन
नगरौँ कहिल्यै सेवन
मदिराजन्य पदार्थ किन गर्नु सेवन ?
क्षणिक उन्मादका कारण
बिग्रन सक्छ घर
मनमा अलिकति राखौँ डर
सम्हालौँ आफूलाई
खाँदै नखाऔँ
छुँदै नछोऔँ कुनै अम्मल पनि
खाने नै गरेको छ भने
आज, भोलि, पर्सि मात्रा घटाउँदै
छोड्ने राखौँ इरादा
प्रण गरौँ आज नै
अम्मल खान्नँ भनी
स्वास्थ्य रहनुपर्छ समाजमा
उदाहरण बनी ।