May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

प्रकृति

हिउँले भरिएको हिमाल र
सलल बग्‍ने नदी
मन सारै बहकिन्छ
कसरी बुझ्‌ने होला यो प्रकृति ?

आँखा चिम्लएर बस्दा नि
त्यो आवाज मिठो नदीको
के यो नै हो त
सुन्दरता प्रकृतिक
?

माथि माथि आकाश हेर्छु
पशुपक्षी चारैतिर
कोइलीको आवाज मिठो
प्रकृति पो रैछ यहीँनिर ।

डाँडामाथिको सूर्योदय
हेर्दाहेर्दै बित्यो समय
प्रश्न गर्छु आफैँलाई
जब देख्छु,यो सुन्दर प्रकृतिलाई ।