प्रदेशी मनको पीडा (भाग -१)
एक बिहान उदाउँदो सूर्यमा पनि मनमा अध्यारो छाउँ
मध्य रातमा जूनको रापले पनि मन जलाउँछ
हिमालहरूको सामीप्य अनि घर आँगन पनि उराँठ लाग्छ
प्रेम रङ्गीन फूलहरुको सुवास पनि विरानो लाग्छ
चरीको चिरबिर, विपिन कुसुम विरह लाग्छ
मन अस्थिर छ, एकहोरो भावनामा बगिरहन्छ
गरिबको एउटै सपना हुँदोरहेछ
धन कमाउने,धन पनि मनकै रहर रहेछ
बाको मनमा पनि रहर हुँदोहो
तप्प तप्प चुहिने घरको छानो फेरी
एउटा ठुलो महल बनाऊँ
आमालाई पनि रहर हुँदोहो गलैभरि सुन लगाऊँ
सुखैसुखमा जीवन बिताऊँ
बाका अनगिन्ती सपनाहरु आँखामा सजाएर
आमाका रहरहरू मनमा लुकाएर
सुनौलो भविष्य बनाउन प्रदेश जानेहरूलाई बिदाइमा
सधैँ रुने देशले पनि के भनोस् !
सपनाकै लागि मरुभूमि जानेहरूलाई
तृष्णा माटाले पनि के भनोस् !
डाँफे रुदै थियो गुँडमा, गुँडै छाडेर
सुखको दिन खोज्न जानेहरूलाई के भनोस् !
सुखमा नै फुल्न खोज्न जानेहरूलाई
भिर पहाडको गुराँसले पनि के भनोस् !
विरहमा सुसाइरहेको थियो नदी पनि
पसिनाको समुन्द्र बनाउन जानेहरूलाई के भनोस् !
प्रदेशमा झुकी जाने स्वभीमानलाई पनि
त्यो हिमालले के भनोस् !
आँखामा सपना बोकेर रुँदै देश छोडेर
बादलमाथि उडेर प्रदेश जाने ए प्रदेशीहरू !
आँसुको समुन्द्र बगाएर
अञ्जुलीको खुसीले जीवन कहाँ सुखी हुन्छ र ?
प्रदेशको शून्यतामा मन पनि कहिले खुसी हुन्छ र ?
ममाता कहाँ छ र ! मनको विलाप छ
एकान्तमा आँसु बगिरहन्छ
बाका सपनाहरू मनमै ओइलिएर मर्छन्
आमाका रहर आँखामा नै बगेर जान्छन्
चाहनाहरू भूकम्पले नै भत्किए झैँ विध्वंस भत्कन्छन्
उषामा ताराहरु झैँ बिलाउछन् प्रदेशीहरू
अब भविष्य नै कहाँ रह्ये र ?
मृत देह लिएर आउनेहरूले
‘देश’ लाई अब के लिएर आउन् !
प्रणय देव कवि भद्र श्री ‘प्रणु’ द्वरा रचित पुस्तक
‘राष्ट्र प्रेम’ गध्य कविता सङ्ग्रहबाट साभार
लेखकको सम्वन्धमा