शिक्षक
एक शिक्षक एक गुरु
निशा पखालेर उषा
ज्ञानको ज्योति पुञ्ज
निभेको बत्ती बालेर दियालो
बिगुल मसाल फुक्ने
चिच्याउँछ
कलमभन्दा तरबार
हुन्छ बलियो चेतना
पग्लिन्छ सूर्य
खुम्चिन्छ ब्रह्माण्ड
तेस्रो आँखा शिवको
झिलिमिली बल्छ एक शिक्षक।
तर, हुन्न नि सबै मनका कल्पना
हिजोका द्रोण र परशुरामहरू
कलमको बिँडमा ज्ञानको कोदाली
चिम्ली अँध्यारो मचान खन्दै छन्
आधुनिक अर्जुन र कर्णहरू
गुरु दक्षिणा लिने नाउँमा
गुरु परीक्षा लिँदै छन्
गुरु पास हुन्न यहाँ
परीक्षा दिनु छ
द्रुपदको कमी छैन यहाँ
कामधेनु जो लिनु छ
हो ऊ एक शिक्षक
मर्यादामा बस्नु छ
हिउँदे बाली हो शिक्षक
फसल भित्रिन्छ तीन महिना
किटनासक र विषादी
रसायन र प्राङगरिक
सब मिसिएको एक
हाइब्रिड फल हो शिक्षक
न निजामती न फौजी वतन
ओज लिएर भिजेको तन
एक्लै ठिङ्ग वृहस्पति एक शिक्षक
चेतना एक शिक्षक
परिवर्तन एक शिक्षक।
लेखकको सम्वन्धमा