December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

मेरी आमा

हात थामी काँधमा राखी
संसार डुलायौ
मलाई संसार देखाउन
आफ्नो दु:ख भुलायौ, रहर भुलायौ
न भन्यौ कहिल्यै ‘नाइँ’ मलाई
न गर्‍यौ रोकटोक
सघैँ आफ्ना इच्छा मारी
पूरा गर्‍यौ मेरा रहर
म आज पनि सम्झन्छु आमा
त्यो तिम्रो काख
अनि मेरो भविष्यको चिन्ता गर्दै
विचलिएका ती तिम्रा आँखाहरू
मानेँ मेरो पढाइको खर्च उठाउने
मेरा बुबा पनि हुन् 
तर नौ महिनासम्म कोखमा राखी
धर्ती टेकाउने तिमी त हौ आमा 
आफ्ना इच्छा आकाङ्‌क्षा मारेर
किन्यौ मेरो खुसी
आमा तिमी अमूल्य छ्यौ
धरती र गगनभरि
आफू हिँड्ने बाटो छोडेर
पछ्यायौ मेरा पाइला
च्यातिएको चोली अनि धोती
लाउँथ्यो सधैँ सिलाउँदै
मलाई भने राम्रा लुगा अनि
चप्पल अनेकथरी 

आमा ! मेरो सफलतामा तिम्रो हात हुने छ
तिम्रा हरेक कदममा मेरो साथ हुने छ ।