July 30, 2026, Thursday
२०८३ श्रावण १४, बिहीबार

मनको दुःख बिर्सिएर…

मनको दुःख बिर्सिएर खुसी मन बनाऊ
मनमा मायाको फूल फुलाई सजाई राखिदेऊ

माया प्रेमका कुरा लेखेर किताब बनाएर राखौँ कि
मनसँग मन मिलेपछि मायाको रङ देखिन्छ कि
जिन्दगी कसरी चल्छ कसैलाई थाहा हुँदैन  हुनु पनि हुँदैन
नजिक आऊँ मायाको बन्धनले जोडिन्छ कि मन

धेरै गुनासो छ  सुन्न समय छ कि
मायाले जिन्दगीको बाटो हिँड्न सहज बनाउँछ कि
पवित्र मायाको आभास गरिदेऊ
मायाले जिन्दगी यो बदलिदेऊ

मनको दुःख बिर्सिएर खुसी मन बनाऊ
मनमा मायाको फूल फुलाई सजाई राखिदेऊ