January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

प्रिय मित्र

आँखा तरी  दूर क्षितिज ताकी
हेरी रहेकी किन रिस राखी
छ भाव भङ्गी अति क्रोध युक्त
बन्दै गइ लौन विषाक्त मुक्त ।

निधारमा साथ मुजा पसारी
सुनेत्र ती लाल गरि उघारी
कोल्टे भई हात सिरानी मानी
गर्छे अहो खै किन हो रिसानी ।

कमाउदै ओठ र गुनगुनाइ
स्वभाव कस्तो किन भुन्भुनाई
काढेर फेरी पसिना तरक्क
झर्केर बोल्छे र उसै वरक्क ।

जर्को र फर्को गरि शब्द चर्को
पोखी दिने क्रोध घुमाइ बर्को
चलाउदै देह उठाइ हात
बोल्छै सधै दुच्छर शब्द वात ।

खुट्टा बजार्छे रिस राग मारी
देखाउँछे धाक ठूलै उधारी
यस्तो र उस्तो भनी शब्द नाना
बनेर ठालू कति हो बहाना  ।

बदनाम हुन्थ्यो तिनको नठानी
खश्लिल बोल्छे कति थुच्छ बानी
आजै सुधारी कन आफूलाई
भला भई बस्नु त्यहीँ  भलाई ।