कुन शब्दले सम्बोधन…

कुन शब्दले सम्बोधन गरूँ मैले
तिम्रा बारेमा कसरी बयान गरूँ मैले
यी सुन्दर हरियाली फाँटहरूमा हेरेँ
मेरा मनकी मायालुलाई धेरै कुरा सोधेँ 

सुन्दर यो फूल फुलेको बगैँचामा
शान्त अनि शीतल यो मौसममा
बहकिने मन कतातिर गएछ
यो मनलाई सम्हाल्न गाह्रो भएछ

आफैँ बेहोस भए झैँ लाग्छ
अटुट सम्बन्ध हो रहिरहन्छ
यी सुन्दर हरियाली फाँटहरूमा हेरेँ
मेरा मनकी मायालुलाई धेरै कुरा सोधेँ

यी नजरले पनि हेरिरहेको छ
बोल्ने शब्दहरूले तिमीलाई घेरेको छ
नयनमा बसेको यो मायालु मन
डुबेँ डुबेँ म मायामा झन् झन्